अर्थमन्त्री महत विश्व बैंकको वार्षिक बैठकमा भाग लिन मोरक्को प्रस्थान
काठमाडाैं | असोज २२, २०८०
काठमाडौं: अर्थमन्त्री डा. प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन मोरक्कोको माराकेश प्रस्थान गरेका छन् ।
९ अक्टोबरदेखि १५ अक्टोबरसम्म हुने बैंकको बैठकको मूल नारा ‘ग्लोबल एक्सन, ग्लोबल इम्प्याक्ट’ भन्ने रहेको छ । बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सृजनालगायत विश्वव्यापी चासोका विषयहरूमा छलफल हुने भएको छ ।
विश्व बैंकको मूल कार्यक्रमसँगै अन्तर्राष्ट्रिय वित्त निगम ९आईएफसी० का एसिया प्यासिफिक हेर्ने उपाध्यक्ष रिकार्डो पुलितीसँग अर्थमन्त्री महतले नेपालमा निजी लगानीको सम्भाव्यता विषयमा छलफल गर्ने कार्यक्रम तय भएको छ ।
त्यसैगरी यूएसएआईडीसँग नेपाल र अमेरिकाबीचको विकास साझेदारीका विषयमा छलफल हुने बताइएको छ । सहुलियतपूर्ण वित्तीय व्यवस्थामा पहुँच सम्बन्धी जोखिम तत्वको विषयमा छलफल, बिल एण्ड मेण्डिला गेट्स फाउण्डेसनसँग सार्वजनिक डिजिटल पूर्वाधारका माध्यमबाट समावेशी एवम् चुनौतीसँग जुध्न सक्षम आर्थिक विकासका सम्बन्धमा छलफल, दक्षिण कोरियाका उपप्रधानमन्त्रीसँग साइडलाइन वार्ता गर्ने अर्थमन्त्री महतको कार्यसूची रहेको छ ।
त्यसैगरी अर्थमन्त्री महतले स्ट्यान्डर्ड एण्ड चार्टर्ड बैंक एवम् क्रेडिट रेटिङ सम्बद्ध संस्था फ्लिच रेटिङका प्रतिनिधीसँग नेपालको रेटिङ सम्बन्धमा साइडलाइन वार्ता गर्ने अर्थमन्त्री महतको सचिवालयले जनाएको छ।अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रतिनिधिसँग संयुक्त रूपमा क्षेत्रीय आर्थिक परिदृष्य सार्वजनिक हुनुका साथै सो संस्थाको दिगो एवम् प्रतिरोधी ट्रष्ट समूहसँग समेत अर्थमन्त्री महतले वार्ता गर्नेछन् ।
विश्व बैंकको कोष समूहसँग भावी वित्तीय द्वारहरूका विषयमा वार्ता हुने, अन्तर्राष्ट्रिय विकास संघ ९आईडीए० का उपाध्यक्षसँग द्विपक्षीय वार्ता हुने र बहुपक्षीय लगानी सुरक्षण एजेन्सी ९एमआईजीए०का उपाध्यक्षसँग द्विपक्षीय वार्ताको कार्यक्रम तय भएको छ ।
उक्त बैठकमा अर्थ मन्त्रालयबाट अर्थमन्त्री महत, अर्थसचिव डा। कृष्णहरी पुष्कर, अन्तर्राष्ट्रिय विकास सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल, उपसचिव डा। नारायण ढकाल र अर्थमन्त्रीका निजी सचिव होम पराजुली सहभागी छन् ।
बैठकमा विश्वभरका १८९ देशका अर्थ तथा विकास मन्त्रीहरू, केन्द्रीय बैंकरहरू, निजी क्षेत्रका अधिकारीहरू, नागरिक समाज, सञ्चारमाध्यम र प्राज्ञिकहरूको सहभागिता रहनेछ ।
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...
पोखरा: कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...
पोखरा: कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अखिल ने...

